थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य

काठमाडौंः थुलुङ दुधकोशी गाउँपालिकालाई आत्मनिर्भर बनाउन सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाले लक्ष्मी बैंकसँग सहकार्य सुरु गरेको छ । उद्यमशीलता र स्वरोजगारको लागि व्यवसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि सहुलियतपुर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो ।
वैदेशिक रोजगारीबाट सीप, अनुभब र धेरथोर पुँजीसमेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुःन विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाभित्रै उद्यमशीलता र रोजगारी सिर्जना गर्ने गाउँपालिकाको पहललाई लक्ष्मी बैंकले साथ दिने भएको हो । स्वरोजगार बन्न सहयोग पु-याउने एवं वित्तीय पहुँच विस्तारमार्फत समावेशीतामा अभिवृद्धि गर्ने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष असिम राईले बताए ।
एक समारोह बिच सम्झौता पत्रमा गाउँ पालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फिनान्सियल अफिसियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ संसोधन अनुसार थुलुङ दुधकोशी गाउँपालिकासँग सहुलियतमा कर्जा सहजिकरण कार्यक्रम सञ्चालनका सम्झौता गरिएको बैंकले जनाएको छ ।
सहुलियतपूर्ण कर्जा लिनका लागि क्षमता विकास गरि सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने, उद्यमशिलता र स्वरोजगारको लागि नेपालमै सम्भावना भएकाले सकारात्मक सोचको प्रवदर्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु-याउने राईको भनाई छ ।

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

प्रतिक्रिया