आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक

काठमाडौँ - न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले मंगलबार २०७८ असोज १, २ र ३ गते लिएको न्याय सेवाको न्याय, कानून र सरकारी वकील समूहको राजपत्र तृतीय (शाखा अधिकृत वा सो सरह) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

आयोगले खुल्लातर्फ ६७, महिला तर्फ १८, आदिवासी जनजाती १४, मधेसी ११, दलित ६, अपाङ्ग २ र पिछडिएको क्षेत्रबाट २ पदका लागि विज्ञापन खोलेको थियो । जसमध्ये लिखित परीक्षामा क्रमश ५८, ५४, २६, ९, ५, ४ र १२ जनाले लिखित परीक्षामा नाम निकालेका छन् ।

आयोगले लिखित परीक्षामा सफल उम्मेदवारलाई सात दिन भित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा फोटो, प्रमाणपत्र तथा अ न्य आवश्यक कागजातहरु बुझाउन भनेको छ ।