गजेन्द्रनारायण सिंह अस्पतालका भेन्टिलेटर सञ्चालनमा नआउँदा अकालमा ज्यान गुमाउँदै संक्रमित

राजविराज : सप्तरीमा कोरोना संक्रमित दिन प्रतिदिन थपिँदै गएका छन् । तर, सरकारले स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गर्न सकेको छैन ।
संक्रमित बिरामी उपचारबाट वञ्चित भएका छन् भने महामारी भयावह बन्न सक्ने भन्दै सर्वसाधारण चिन्तित बनेका छन् । तर, यहाँको गजेन्द्र नारायण सिंह अस्पतालमा ४ ओटा भेन्टिलेटर प्रयोगविहीन बनेका छन् भने कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीको उपचारमा समस्या भएको छ ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको ४ थान भेन्टिलेटर तथा आइसीयू उपकरण व्यवस्थापन र सञ्चालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यसै थन्क्याएर राखिएका छन् ।
कोभिड व्यवस्थापनअन्तर्गत रहेको अस्पतालमा अहिले भएको जनशक्तिबाट सामान्य किसिमको रोगीको पनि उपचार हुने अवस्था छैन । ५० शय्याको उक्त अस्पतालमा अहिले १ सय ४० शय्या सञ्चालनमा छन् । ५० शय्याकै दरबन्दी रहेको जनशक्तिमा अहिले ५० प्रतिशत रिक्त छन् । यसबाहेक यही जनशक्तिले १ सय ७८ शय्याको आइसोलेसन समेत हेर्न परिरहेको छ । त्यसमाथि केही चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने केहीलाई लगातार क्वारेन्टाइन बस्नुपर्ने अर्को बाध्यता छ ।
सप्तरीमा कोरोना संक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ । ती सबैको भेन्टिलेटर र आइसीयू नभएका कारण अन्यत्र लैजाँदा उपचारमा भएको ढिलाइले ज्यान गएको नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले बताए ।
देशकै पुरानोमध्येको एक मात्र सरकारी अस्पतालको जिम्मेवारी ठूलो भए पनि आवश्यक जनशक्ति र उपकरण नहुँदा बिरामीको उपचारमा अस्पताल निरीह बनिरहेको छ भने मानिसहरूले अकालमै ज्यान गुमाउन परिरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जटिल समस्यामा पुगेका बिरामीहरूलाई भेन्टिलेटर र आइसीयू अति आवश्यक हुने भए पनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्न बाध्य हुनुपरेको सुनाए । ‘त्यसको लागि हामीले टेन्डर गरिसकेको छौं एक महिनाभित्रमा आवश्यक व्यवस्था हुनेछ,’ उनले भने ।
कोरोना संक्रमण बढेसँगै यहाँका अस्पतालहरूमा बिरामीको चाप तथा अकालमै ज्यान गुमाउनेको संख्यासमेत बढ्दै गएको छ । आइसीयू र भेन्टिलेटर सञ्चालनमा भइरहेको ढिलाईप्रति स्थानीय आक्रोशित भएका छन् ।
संक्रमित तथा जटिल रोगका बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी भेन्टिलेटर र आइसीयू सेवा सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।
प्रदेशमा भेन्टिलेटर अभाव रहेको विषयमा आलोचना हुन थालेपछि गत वैशाख ८ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ५० ओटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । भेन्टिलेटर खरिद गर्नका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटरसहितको आइसीयू कक्षको व्यवस्था गर्न बजेट निकासा गरिसकेको छ । तर, निर्णय गरेको पाँच महिना बितिसक्दा पनि खरिद गर्न भने सकेको छैन ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया