प्रदेश २ काे नाम र राजधानी मतदान प्रक्रियाबाटै टुंग्याइने

जनकपुरधाम - प्रदेश २ को स्थायी राजधानी र नाम मतदान प्रक्रियाबाटै टुंग्याइने सहमति भएको जनाइएकाे छ । स्थायी राजधानी र नामका लागि प्रदेश सभामा पेस भएका प्रस्तावहरुमध्ये कुनैमा पनि सहमति जुट्न नसकेपछि अब मतदान प्रक्रियाबाटै टुंग्याइने दलहरूबीच छलफल भएकाे प्रदेशसभा सचिवालयले जनाएको. छ।
सभामुख यादवको सभापतित्वमा प्रदेशको स्थायी राजधानी र नामका लागि प्रस्तावमा छलफल गर्न संसदीय समितिकाे आइतबार बसेकाे सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।
निमित्त सचिव यादवका अनुसार माघ पहिलो सातामै मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति भएकाे छ । समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो ।
मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा नाम र राजधानीको प्रस्ताव पुनः अस्वीकृत सम्भावना रहेकाे छ । नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक छ ।
जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक रहेकाे छ । जानकीको पक्षमा एमाले र नेकपा एकीकृत समाजवादीका २१ जना सांसद रहेका छन् । त्यसैगरी १९ सांसद रहेको नेपाली कांग्रेसले मिथिला भोजपुराकाे पक्षमा रहेकाे छ भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा प्रस्ताव गरेका छन् ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया