पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका ट्रिपर चालक पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा पैदलयात्रीलाई ठक्कर दिई फरार ट्रिपर चालक पक्राउ परेका छन् । बा.२ ख ५१४५ नम्बरको ट्रिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ का ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
पैदलयात्री भक्तपुर व्यासी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिकलाई ट्रिपरले आइतबार राति ठक्कर दिएको थियो । ठक्करबाट बिपिनको मृत्यु भएको र चालक ट्रिपरसहित फरार भएका थिए । ठक्कर दिई चालक फरार रहेपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया