आठ जनाको हत्या आरोपीलाई सफाइ !
पीडितको आरोप–राजनीतिक र आर्थिक चलखेल भयो

बुटवल । दर्जनौं आपराधिक घटनाका योजनाकार तथा हत्या आरोपित कपिलवस्तुका नसिम खानले सफाइ पाएका छन् । कुनै समय प्रहरीको सर्वाधिक खोजीको सूची (मोस्टवाण्टेड) नसिमलाई अदालतले वेकसुरदार सावित गरेपछि पीडितहरु उच्च अदालत जाने तयारीमा छन्।
लामो बहसपछि जिल्ला अदालत कपिलवस्तुले आठ हत्या आरोपित खानलाई सफाइ दिएपछि ८/८ जना आफन्त गुमाएका पीडितहरू आक्रोशित बनेका छन् ।
न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सोमबार अभियोग दावी नपुगेको भन्दै आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र दुईवटा डाँका मुद्दाका आरोपित खानलाई सफाइ दिएको हो । यसअघि नै नसिमसहित घटनामा संलग्नलाई रिहा गर्न राजनीतिक र आर्थिक चलखेल भइरहेको पीडितका परिवारले बताउदै आएका थिए। जसका कारण केही समय सेलाएको मुद्दा एकाएक पेसीमा चढेको थियो । अदालतमा मुद्धाको जिम्मेवारी गोलाप्रथा बाटै लाग्ने भएपछि हतारहतार पेसी चढेको पीडितहरुको आरोपलाई अदालतको फैसलाले बल पुगेको छ । आदेशमा अभियोग नपुगेको भनिएपनि आदेशको पूर्ण पाठ भने आइसकेको छैन ।
को हुन् नसिम ?
चारजना माओवादी कार्यकर्ता, दुईजना बालबालिका र एकजना कर्मचारीको हत्या आरोपित नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्ष अघि काठमाडौँबाट पक्राउ गरेको थियो । माओवादी सशस्त्र संर्घषका क्रममा तत्कालीन शाही सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेला माओवादीको हत्या गरेको आरोप लागेको थियो ।
त्यसपछि उनी २०६३ साल जेठमा जनतान्त्रिक तराई मुक्ति मोर्चा भन्ने भूमिगत समूहमा आबद्ध भए । त्यसलगत्तै उनले हत्या, अपहरण, लुटपाटलगायतका घटनामा संलग्न भएको अदालतमा पेश गरिएका प्रतिवेदनहरूमा उल्लेख छ । राजनीतिमा पनि उनले एकपछि अर्को सफलता हात परे । २०७२ सालमा एमालेको सदस्यता लिएका खानले २०७४ मै श्रीमती फौजिया खानलाई एमालेबाटै समानुपातिक सूचीबाट प्रदेश सांसद बनाए । कपिलवस्तुको सीमा पारीको भारतीय भूमि प्रयोग गरी नेपालमा आपराधिक गतिविधि गर्दै उनले चन्दा आतंक, हतियार बेचबिखन, अपहरण तथा कनट्र्याक्ट किलरसम्मका काम गर्ने गरेको प्रहरीको दावी छ ।
नसिमले २०६३ साल फागुनमा माओवादीका जिल्ला सदस्य प्रेम परियार (भुवन) को गोली हानी हत्या गरेको, उनकै समूहले २०६३ फागुन १ गते इलैचा बरईको फुलिकास्थित घरमा आक्रमण गरी उनकी ४ वर्षीया छोरीको हत्या र लुटपाट गरेको जाहेरी अदालतमा पुगेको थियो । उनकै नेतृत्वमा २०६४ मंसिर २५ गते तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरञ्जन पौडेलको अपहरण गरी करिब ४ लाख रुपैयाँ फिरौती लिएर ८ दिन पछि छाडेको तथा चन्दा दिन नमानेको भन्दै तत्कालीन गाविस सचिव राममिलन गुप्तालाई नसिम र उनका सहयोगी श्रवण मुराउले २०६५ साल भदौमा पिपरा गाविसमै गोली हानी हत्या गरेको मुद्दा पनि अदालतमा पुगेको थियो । नसिमको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमानलाई हानेको गोली स्थानीय सर्वसाधारण अकाली कोहारलाई लागेर उनको मृत्यु भएको थियो ।
२०६७ वैशाख १३ गते फुलिकाका माओवादी युवा नेता राजेन्द्र तिवारीलाई पिपरा गाविसमै गोली हानी हत्या गरिएको र यसमा पनि खानकै मुख्य हात रहेको अभियोग पत्रमा थियो । तिवारीको हत्या प्रकरण पछि खानलाई पक्राउ गर्न प्रहरीलाई ठूलो दबाब आएको थियो । जेलबाट भागेका श्रवण मुराउ र खानको खोजी तीव्र पारेपछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिएपनि खान भने बच्न सफल भए ।
२०६७ वैशाख १३ गते फुलिकाका माओवादी नेता राजेन्द्र तिवारीलाई पिपरा गाविसमै गोली हानी हत्या गरिएको र यसमा पनि खानकै मुख्य हात रहेको मुद्दा थियो । जेलबाट भागेका श्रवण मुराउ र खानको खोजी तीव्र पारेपछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिएपनि खान भने बच्न सफल भए ।
नसिमको समूहले नै पुनः कपिलवस्तुकै पुरुषोत्तमपुर ५ मा रहेको शिवम क्रेसरका मजदुर ज्ञानबहादुर सुनारलाई २०६७ अषाढ २३ गते गोली हानी हत्या गरे। सुनारको हत्या आफ्नो समूहले गरेको नसिमले विज्ञप्ति नै निकालेर बताएका थिए । २०७५ फागुन ४ गते उनले मायादेवी गाउँपालिका–४ का वडा अध्यक्ष फत्ते मोहम्मदका ४ वर्षीय छोरा अयमानको अपहरण गरी ८ गते हत्या गरेको अभियोगमा पनि मुद्दा अदालतमा थियो । कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा हत्याका ६ वटा र एउटा डाका मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको छ ।
उच्च अदालत जाने पीडितको तयारी
मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण नसिम खानलाई निर्दोष सावित गरिएको बताए । उनले सबै चलखेलबाट यथेष्ट प्रमाणहरु हँुदासमेत ‘दिउँसै रात पार्ने’ काम भएकोमा निकै दुखः लागेको उनको भनाई छ । उनले भने –‘फैसला आउनुपूर्व नै घटनामा प्रत्यक्ष संलग्नहरुलाई छाड्ने हल्ला बाहिर आएको थियो । हल्लाअनुसार नै फैसला भएको छ, हामी माथिल्लो अदालतमा जान्छौं ।’

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया