सवारी दुर्घटनामा एक जनाको ज्यान गयो

जनकपुरधाम : सर्लाहीमा भएका दुई छुट्टाछुुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक हरिणको समेत मृत्यु भएको छ । गएराति जिल्लाको वाग्मती नगरपालिका–३ स्थित नयाँरोड बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको हो ।
हरिणलाई ठक्कर दिएपछि प्र. १–०२–०४२ प. ४००९ नम्बरको मोटरसाइकल पल्टिदा दुई जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हरिणलाई ईलाका वन कार्यालय मुर्तीयालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै सर्लाहीकै बरहथवा नगरपालिका ९ पैतालिस बिग्घास्थित नयाँरोड मधुवनि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० वर्षीय ज्ञान बहादुर तामाङ रहेको प्रवक्ता कुँवरले जानकारी दिए ।
बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको बा ५८प ४५३१ नम्बरकोे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारको लागि बिरगंजतर्फ लेँजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक रामनगर गाउँपालिका वडा नं. १ खैर्वाका १७ वर्षीय शुसिल गिरी र पछाडि सवार बसबरिया गाउँपालिका वडा नं. ६ चोर्वाका १८ वर्षीय जयराम यादवलाई प्रहरीले नियन्ज्ञणमा लिएको छ ।

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया