सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा वर्षाकाे सम्भावना, हिमपात पनि हुने
काठमाडाैं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहान प्रदेश १ र २ लगायत क्षेत्रमा बदली छ । दिउँसो देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि आँकलन गरिएकाे छ ।
राति प्रदेश १, बाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया