काठमाडौँमा झारफुक गर्ने क्रममा बालिकाको मृत्यु, १ जना पक्राउ

काठमाडौँ - काठमाडौँमा झारफुक गर्ने क्रममा एक बालिकाको मृत्यु भएकाे छ । झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउसमेत गरेकाे छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका– १ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरी रहेकी छन् ।
भक्तपुर मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिबार बिहान बेहोस भएकोले उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएको थियाे ।
अस्पताल लगिनासाथ बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि त्यहाँ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी पुगेकाे थियाे । बालिकालाई उनकै आमाले २२ दिनअघि उपचारका लागि उक्त घरमा ल्याई छोडेको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ ।
ठकुरी उपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया