हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

हुम्ला - आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन् । सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन । सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए । हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन् ।
टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताए । बोहरा नेपालगञ्ज हुँदै काठमाडौँ जाने तयारीमा रहेका थिए । हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन । नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन ।
हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन् । हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका–१ का मनोज विकले बताए । हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । नाम्खाको चाला, यारी, तिल, जाङ्हल्जी, लिमी, मुचु र हिल्सामा बाक्लो हिमपात भएको छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया