ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ - ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा २३ गते बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ११ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ४.२६ अर्ब रूपैयाँ पुगेको छ।
साथै,बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै साधरण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले डिजिटल प्रविधि मार्फत क्रमशस् माथि उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८ औं शाखाको उद्घाटन गर्नुभएको थियो। यस पश्चात उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया