आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सप्तरीमा एक मजदुरको मृत्यु

जनकपुरधाम - सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौता स्थित विशाल ईट्टा भट्टामा ईट्टाको चाङ झर्दा एक मजदुरको मृत्यु भएको छ । काँचो ईट्टा पकाउने तयारी गर्दा माथि रहेको ईट्टाको चाँङ झरेर एक महिला मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सोमबार दिउँसो ईटा भट्टामा वाल भत्किँदा रुपनी–६ की ५० वर्षीया जतरी देबी सरदार, अग्नीसाईर कृष्ण सावरण–४ का ५० वर्षीय मंगल सदा, भारतको राबेरली मधुवनका ४० वर्षीय रमेस कुमार लौउदी घाइते भएको थियो । 

घाइतेमध्ये उपचारको क्रममा जतरी देबी सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शवको कानुन बमोजिम जाँच मुचुल्का लगायत पोष्टमार्टम भइसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।