इरानले युरेनियम संवर्द्धन पुन: सुरु गरेपछि इजरायल र अमेरिकाको यस्तो प्रतिक्रिया

इरानले २० प्रतिशत युरेनियमको शुद्धिकरणसहित आफ्नो युरेनियम संवर्द्धन कार्य पुन: सुरु गरेको छ । यो सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लङ्घन हो । संवर्द्धित युरेनियम रियक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यो परमाणु बम बनाउन पनि प्रयोग हुनसक्छ ।
हतियार बनाउन प्रयोग हुने युरेनियम ९० प्रतिशत शुद्ध हुनुपर्छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले इरानलाई "धम्कीपूर्ण परमाणु अभियान" चलाएको आरोप लगाएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएकोमा जोड दिने गर्छ ।
सन् २०१५ को उक्त सम्झौता अनुसार उसले परमाणुसम्बन्धी धेरै कार्यक्रमबाट पछि हटेको थियो । सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर राख्दै राष्ट्रपति डोनल्ड ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले त्यसको प्रतिउत्तर दिने बताएको थियो । उक्त सम्झौतालाई ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए) पनि भनिन्छ ।
कोरियाली ट्याङ्क कब्जामा
एउटा छुट्टै घटनामा इरानको रिभोलुसनरी गार्डस्ले एउटा दक्षिण कोरियाली ध्वजायुक्त रसायन बोकेको ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । उसले "बारम्बार समुद्री पर्यावरण कानुन उल्लङ्घन" गरेकाले नियन्त्रणमा लिएको जनाएको छ ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले उक्त ट्याङ्कलाई तत्कालै छाड्न माग गरेको छ । इरानी सरकारका प्रवक्ता अलि राबेईले सञ्चारमाध्यमहरूलाई युरेनियमलाई २० प्रतिशत शुद्ध पार्ने काम फोर्दो केन्द्रमा सुरु भएको बताए । राष्ट्रपति हसन रुहानीले उक्त आदेश दिएको उनले बताए ।
उनका अनुसार रुहानी नयाँ कानुन अनुसार त्यसो गर्न "बाध्य" छन् किनकि नयाँ कानुन अनुसार शान्तिपूर्ण उद्देश्यका लागि २० प्रतिशत शुद्ध गरिएको युरेनियम हरेक वर्ष १२० किलो भण्डारण गर्नुपर्नेछ । गत नोभेम्बर अन्त्यमा इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएपछि इरानको संसद्ले नयाँ कानुन पारित गरेको थियो । उक्त हत्याका लागि इरानी नेताहरूले इजरायललाई आरोपित गर्ने गरेका छन् ।
सोमवार अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) ले आफ्ना सदस्य राष्ट्रहरूलाई दिएको एउटा जानकारीमा इरानको कदमको पुष्टि गरेको छ । केही विज्ञहरूले इरानको उक्त घोषणा आगामी ज्यानुअरी २० देखि सत्ता सम्हाल्ने अमेरिकी राष्ट्रपति विजेता जो बाइडनलाई दबाब दिन गरेको रूपमा केही विज्ञहरूले हेरेका छन् ।
इरान पुरानै अवस्थामा फर्किए र थप सहमतिहरू गर्न तयार भए आफू पुन: उक्त सम्झौतामा सामेल हुनसक्ने बाइडनले बताइसकेका छन् । युरोपेली सङ्घका प्रवक्ताले इरानको परमाणु प्रतिबद्धताबाट निकै टाढा गएको रूपमा उक्त कदमलाई अर्थ्याएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले सैन्य परमाणु कार्यक्रम विकास गर्ने उद्देश्यले उक्त कदम चालेको बताएका छन् । उनले इजरायलले इरानलाई परमाणु हतियार बनाउन नदिने बताएका छन् । बीबीसी

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया