भारतमा किसान आन्दोलन : ट्वीटरदेखि ट्रयाक्टरसम्मको प्रयोग

काठमाडौं : नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले नयाँ कृषि कानुन ल्याएपछि त्यस मुलुकका किसान आन्दोलित छन् । भारतको ‘ब्रेड बास्केट’ मानिने पञ्जाब, हरियाणा जस्ता राज्यका किसान सरकारको कदमको विरोध गर्न राजधानी नयाँ दिल्ली र त्यस वरपर जम्मा भएको धेरै साता बितिसकेको छ ।
आन्दोलनमा रहेका किसानका पक्षमा पैरबी गर्न विश्वभर फैलिएका भारतीय छँदैछन् । त्यसमा ट्वीटर पनि प्रयोगमा आएको छ । विभिन्न ट्वीटर ह्यान्डल बनाएर किसानका असन्तुष्टीका बारेमा सूचना दिइँदैछ । आफ्ना मागका बारेमा जानकारी दिन ट्वीटरको प्रयोग गरिरहेका किसानले फेरी त्यही सामाजिक सञ्जालमा आक्रमण पनि भोगिरहेका छन् । आन्दोलनरत किसानमध्ये धेरै जसो शिख समुदायका छन्, जसलाई भारतीय जनता पार्टीबाट सञ्चालित ट्वीटर अभियानले आक्रमण गरिरहेको अवस्था छ । बिजेपीको ‘आइटी सेल’ बाट सञ्चालित यस्तो अभियानले शिख किसानलाई पृथकतावादीको ट्याग भिराउने प्रयत्न गरिरहेको छ ।
सामाजिक सञ्जालमा किसानविरुद्ध चलाइएको अभियानसँग भिड्न भावजत सिंह जस्ता शिख युवा सक्रिय छन् । लुधियानाका सिंह, पेशाले आईटी विशेषज्ञ हुन्, जसले गत नोभेम्बरमा ‘ट्रयाक्टर टु ट्वीटर’ नाम गरेको ह्यान्डल बनाए । बिजेपीका कार्यकर्ताबाट इन्टरनेटमा लगातार आन्दोलनरत किसानका बारेमा भ्रम फैलाउने काम भएपछि सिंहले ट्वीटरमार्फत त्यसको प्रतिरोध गर्नुपर्छ भन्ने निर्णयमा पुगे । अन्ततः सिंह ट्वीटरबाट सडकमा पनि उत्रे । डिसेम्बरमा हरियाणा र दिल्ली जोड्ने राजमार्गलाई ब्लक गर्ने आन्दोलनकारीको निर्णय बमोजिम उनी पनि सडकमा आइपुगे ।
३८ वर्षिय सिंह दुई स्मार्ट फोनबाट किसान आन्दोलनमा सर्मपित ट्वीटर ह्यान्डल चलाउँछन् । उनी ट्वीटरको प्रयोगले बिजेपी कार्यकर्ताले फैलाइरहेको भ्रमलाई चिर्न सफल भइरहेको मान्छन् । २३ हजार फलोवर रहेको त्यस ट्वीटर ह्यान्डलबाट प्रत्येक दिन किसानका पक्षमा ट्वीट गर्ने गरिन्छ ।
अमेरिकाको टेक्ससमा बसोबास गरिरहेका बलजिन्दर सिंह पनि त्यस ट्वीटर एकाउन्ट सञ्चालन गर्ने मध्येका अर्का हुन् । भारतबाट १३ हजार किलोमिटर टाढा रहेको अमेरिकी सहरमा बस्ने उनी आन्दोलनरत किसानलाई बिजेपीले सामाजिक सञ्जालमा आक्रमण गरिरहेकाले आफुहरू त्यसको प्रतिरोधमा लागिरहेको बताउँछन् । ‘हामी अमेरिकामा रहे पनि किसानकै सन्तान हौं । त्यसकारण भारतमा आन्दोलित उनीहरूलाई मैले यहाँबाट सकेको सहयोग गर्नु मेरो कर्तब्य हो ।’ ट्रयाक्टर टु ट्वीटर ट्वीटर एकाउण्ट खोल्ने भावजित कै जस्तो सिंह थर भएका बलजिन्दर भन्छन् ।
किसान आन्दोलनलाई सामाजिक सञ्जालबाट साथ दिनेमा ‘ट्रयाक्टर टु ट्वीटर’ एक्लो छैन । आन्दोलनमा सहभागी रहेको किसानहरूको समूह किसान एकता मोर्चाले ट्वीटर, फेसबुक, युट्युब, ह्वाट्सएप र स्नापच्याट लगायतका सामाजिक सञ्जालहरूमा सक्रिय हुन थालेको छ । ५० स्वयससेवकहरूले किसान एकता मोर्चाका तर्फबाट सामाजिक सञ्जालमा विभिन्न सामाग्री पोस्ट गर्ने काम गर्छन् ।
‘भ्रम फैलाउँदै मूलधारे मिडिया’
मोदी सरकारले ल्याएका तीन नयाँ कानुनले किसानलाई असर पुर्याउने भन्दै त्यसलाई फिर्ता लिन माग राखियो । नयाँ कानुनले भारतीय कृषि क्षेत्रमा वाल्मार्ट र रिलयान्स जस्ता कम्पनीहरू हाबी हुने जसले गर्दा भारतीय किसान मारमा पर्ने भनाई थियो । तर भारतीय सरकार त्यस्तो दाबीलाई इन्कार गर्छ । नयाँ कानुन लागू हुँदा खरिदकर्ताले सिधै किसानसँग खरिद गर्नसक्ने र बीचमा सरकारी संयन्त्रले कुनै पनि बस्तुको मूल्य तोक्ने वातारण नरहने सरकारको भनाई छ ।
सरकारको कदम किसान विरोधी छ भन्दै सन् २०२० को अन्त्यतिर राजधानी नयाँ दिल्लीतर्फ जाँदै गरेका किसानका बारेमा भ्रम फैलाउन सुरु भयो । भारतीय सञ्चारमाध्यममा आउने सामाग्रीको फयाक्ट चेक गर्ने ‘न्यूजचेकर’ मा प्रकाशक राजनील कामाथका अनुसार अनलाइनमा आन्दोलनरत किसानलाई भिन्दै राष्ट्र मागिरहेका शिखका रुपमा चित्रित गर्न खोजियो । ‘किसान आन्दोलनलाई बदनाम गराउन, इन्टरनेटमा फेक फोटो तथा भिडियोहरूको प्रयोग गरी शिख समुदायले भिन्दै राष्ट्रको माग राखिरहेको आरोप लगाइयो । हल्ला फिँजाइयो’ कामाथ भन्छन् ।
उता बिजेपीका प्रवक्ता तजिन्दर पाल बग्गा किसान आन्दोलनमा किसानबाहेक अन्य शत्ति पनि सहभागी रहेको र त्यसको आफ्नो पार्टीले विरोध गरिरहेको बताउँछन् । आन्दोलनमा शिख पुथकतावादी पनि किसानको भेषमा सहभागी रहेको उनको दाबी थियो । ‘यस आन्दोलनमा किसान मात्र सहभागी छैनन् । किसानको भेषमा शिख पृथकतावादी पनि आन्दोलनमा छन् । जसले किसानको आन्दोलनलाई नियन्त्रण गरी आफु अनुकुलमा प्रयोग गर्न खोजिरहेका छन्’ बाग्गा दाबी गर्छन् ।
तर बग्गाको दाबीलाई एम्मी गिल जस्ता युवा खारेज गर्छन् । २५ वर्षीय गिल बिजेपीले किसान आन्दोलनबारेमा गलत हल्ला फिजाइरहेको र त्यसका लागि सामाजिक सञ्जाल प्रयोग गरिरहेको बताउँछन् । ‘तर हामी बिजेपीले सामाजिक सञ्जालमार्फत किसान आन्दोलनका बारेमा गलत हल्ला फैलाइरहेको छ । जसको प्रतिक्रियामा हामीले सामाजिक सञ्जालमा दिइरहेका छौं । हामी सरकारको गलत कदमको विरोधमा सडकमा आएका हौं । सिपकनिक गर्न होइन’ गिल भन्छन् । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया