माघ १५ सम्म विद्यालय बन्द हुने, शिक्षा मन्त्रालयले सूचना जारी गर्दै

काठमाडौं - १५ माघसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने तयारी रहेको बताए । आजै सूचना जारी गरिने उनको भनाइ छ ।
'सीसीएमसीले गरेकै सिफारिसकैआधारमा मन्त्रालयले निर्णय गर्ने भएको छ,’ उनले भने, ‘आजै यसबारे सूचना जारी गर्छौँ । सीसीएमसीसीको आइतबार बसेको बैठकले संक्रमण बढ्दै गएपछि माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया