हत्या गरेको आरोपमा ६ जना पक्राउ

स्याङजा - ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा आँधिखोला गाउँपालिका वडा-१ बस्ने २७ वर्षीय सूर्य भन्ने भिम बहादुर सुनार, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धन बहादुर विक, २४ वर्षीय गोविन्द भन्ने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामी र १८ वर्षीय किशोर रहेका छन् ।
आँधिखोला गाउँपालिका-१ कालिखर्क जंगलमा ७ जना व्यक्तिहरू अवैध भरूवा बन्दुक लिई वन कुखुरा मार्न जाँदा पुस २० गते राति सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको उक्त भरूवा बन्दुकको छर्रा लागि घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा संलग्न रहेका उनीहरुमध्ये भिम, १८ वर्षीय किशोर, रेवत र धनलाई सोही दिन तथा फुननारायणभ र साजनलाई शुक्रबार रूपन्देही बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।
साथै प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा र ३० बट्टा सलाई समेत बरामद गरेको छ ।
उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया