भारतमा सरकार र किसानका प्रतिनिधिबीच आठौँ चरणको वार्ता

भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ ।
आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ ।
सोमबार विहान सुरु भएको वार्तामा दुवै पक्षले आ आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।
वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीन ओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका थिए ।
वार्तामा सरकारको तर्फबाट मन्त्रीहरु नरेन्द्र सिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी भएका थिए ।
वार्तामा बसेका किसानका प्रतिनिधिहरुले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए ।
वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरु पुरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिए ।
भारतमा कृषिसम्वन्धी तीन ओटा कानून तत्काल फिर्ता हुनुपर्ने माग गर्दै किसानहरुले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन् । (एएनआई)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया