आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सुदूरपश्चिममा रातिदेखि नै वर्षा, हिमाली भूभागमा हिमपात हुने

फाइल तस्‍बिर

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव  छ । बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । सम्भावना रहेको छ। मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।