सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

४० वर्षअघि हराएको मूर्ति नक्साल फर्काउदा... (फाेटाे फिचर)

काठमाडौं - नक्सालको शंकर कीर्ति महाविहारबाट करिब ४० वर्षअघि लोकेश्वर पद्मपाणी करुणामयको मूर्ति हरायो। मूर्ति बेपत्ता भएपछि स्थानीयले खोजबिन गरे। प्रहरी गुहारे। मूर्ति फेला परेन। त्यसपछि विहार पद्मपाणी करुणामयको मूर्ति बिहीन रह्यो।

४० वर्षपछि भने पद्मपाणी करुणामयको मूर्ति विहारमा फर्काइएको छ। राष्ट्रिय संग्रहालय छाउनीबाट आज गुरुजुको पल्टन र बाजागाजासहित जात्रा गरेर विहार पुर्‍याइएको हो। सम्पदा संरक्षण महाअभियानको अगुवाइ र गायक योगेश्वर अमात्यको पहलमा मूर्ति विहार फर्काइएको हो।