यस्ता छन् सीसीएमसीका १३ सिफारिस
काठमाडौँ- अबदेखि सार्वजनिक स्थानमा प्रवेश गर्नेले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । पछिल्लो समय कोभिड संक्रमितको संख्या वृद्धि भएपछि सार्वजनिक स्थानमा भेला हुन प्रतिबन्ध लगाउने कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले निर्णय गरेको छ ।
होटल,पार्क र सिनेमा हलजस्ता सार्वजनिक स्थानमा जानेले अनिवार्य खोप कार्ड देखाउनुपर्ने सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन् । उनले भनिन्, '३ गतेबाट सार्वजनिक स्थानमा खाेप कार्ड नभएकाहरुले प्रवेश पाउने छैनन् ।'
सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाइने उनले जानकारी दिइन् । सभा, सम्मेलनलाई प्रतिबन्ध लगाउने सीसीएमसीले निर्णय गरेकाे हाे ।
केन्द्रले विद्यालय बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यलय, स्थानीय तह र प्रदेश सरकारलाई परिपत्र गर्ने भएको छ । बढी संक्रमित भएको क्षेत्रमा कोभिड नियन्त्रण गर्न कडाइ गर्ने उनले जानकारी दिइन् । स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नेपालले बताइन् ।
त्यसैगरी सार्वजनिक स्थानमा एन्टिजेन्ट परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । होल्डिङ सेन्टरलाई चालु अवस्थामा राख्न निर्देशन दिएको र बजेट व्यवस्थापन गर्न मन्त्रालययलाई अनुरोध गरिएको छ । त्यसको सम्पूर्ण व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिइएको छ ।
भीडभाडलाई कम गर्ने गरी हवाई उडान तालिका परिवर्तन गर्न सरोकारवालालाई अनुरोध गर्ने पनि प्रवक्ता नेपालले बताइन् । विश्वविद्यालयको परीक्षा तालिका सार्वजनिक भएकाले स्थगित नहुने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा गर्न अनुमति दिने उनले जानकारी दिइन् ।

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया