भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गरे नगरपालिका घेराउ

सप्तरी - ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाईलाई घेराउ गरेका छन् । बृद्धाभत्ता नपाएको भन्दै कंचनरूप नगरपालिकाका ज्येष्ठ नागरिकले कंचनरूप नगरपालिका घेराउ गरेका हुन् । प्रत्येक ४/४ महिनामा पाउनु पर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाई घेराउ गरेपछि मेयर र उपमेयर भागेको स्थानीयले बताए ।
भत्ता आएपछि जाडोको लुगा किन्ने आसमा बसेका जाडो बित्न लाग्दा पनि किन्न नपाएको दुखेसो घेराउमा सहभागी रहेकी पवित्री सदाले बताइन् । उनले भनिन्, 'हामीले समयमा भत्ता पाएको भए यस्तो शितलहरमा कठ्याग्रिएर बस्नुपर्ने बाध्यता हुँदैनथ्यो ।'
कतिले मेयर वसन्त मिश्र र उपमेय निरु पोख्रेल चाहिँदैन भन्दै ज्येष्ठ नागरिकले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए । समयमा भत्ता दिन नसक्ने मेयर उपमेयरको राजीनामा समेत माग गरेको स्थानीयले बताए ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया