गभर्नर अधिकारी अर्थमन्त्री शर्मालाई असफल बनाउँदैछन् : मोदी
काठमाडौँ - सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाएका छन् । सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरेको बताएका छन् । आइतबार सिंहदरवारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले माओवादीबाट मन्त्री बन्नु भएका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनि गभर्नर अधिकारीसँग प्रश्न गरे ।
उनले भने, ‘ठूलाबडाले बैंकबाट ऋण पाईरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ । त्यसलाई कसरी घटाउने ? जो खाडल छ । तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ? अर्को एउटा पनि हल्ला छ । विभिन्न समाचार माध्यामबाट समाचार पनि आउने गरेका छन । तपाईहरुको टयूनिङ पनि मिलिराखेको छैन । राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता । त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नु भएको छ भन्ने पनि न्यूजमा, यहाँ, त्यहाँ सुनिराख्या छौं । यसलाई कसरी सोच्नु भएको छ ? बजारमा त्यो पनि हल्ला छ । तपाईहरुका टयूनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिकोणले पनि हो कि ? के हो ? यसको बारेमा पनि एउटा चाँही आईरहेको छ ।’
सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरे । यता, जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाई गलत भएको बताए । उनले व्यूरोक्रेट्सहरुले, संस्था चलाउनुपर्ने व्यक्तिहरुले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क समेत गरे । गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुनै नहुने बताए ।
उनले भने, ‘माननीय मोदीजीले उठाउनु भएको थियो–अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्पर्क आदिइत्यादि केही हो कि भनेर । म त्यसमा चाँही निवेदन गर्न चाहन्छु–हामी व्यूरोक्रेट्सहरु, संस्था संचालन गर्नुपर्ने व्यक्तिहरुले कहिल्यै पनि त्यस्तो खालको सोचाई राख्दैनौं । कहिलेकाँही आउँछ–यो बीचमा मिडियाकर्मीहरुले कहीँकतै लेखेको पनि देख्छौं । तर त्यस्तो कहीँ पनि हुँदैन । र संस्थालाई कसरी हुन्छ, सिष्टमलाई कसरी हुन्छ ? आफ्नो पोलिसीहरुलाई कसरी हुन्छ ? इफेक्टिभली लैजाने हो । सोचाईहरु, जसले लेखि राख्नु भएको छ, फरक हुनु बेग्लै हो । तर हामीले समग्र सिष्टमलाई अगाडि बढाउनका लागि गरिएका कामहरुको चाँही सही किसिमले बताउन नसकेर पनि होला । तर त्यो खोलको भिन्नता भने काममा तादम्यता नहुने भन्ने विषय नै हुँदैन ।’
गभर्नर अधिकारीले आफूहरुले बुझाउन नसकेको कारणले गर्दा पनि मिडियाहरुले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दावी समेत गरे ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया