मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

राष्ट्रिय सभाको बैठक ३ माघमा

फाइल तस्‍बिर

काठमाडौं - राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ ।

संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो । 

२७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।