युद्ध बानियाँकाे बर्थडेमा पूजा शर्माकाे सेलिब्रेसन

काठमाडौं - नायिका पूजा शर्मा अक्सर चर्चामा रहने नाम हो । आफुले दिएका अभिव्यक्तिले होस् वा प्रेम सम्बन्धको चर्चाले होस्, उनी चर्चामा रहने गर्छिन् । फिल्म ‘प्रेमगीत’पछि सफलताको स्वाद चाख्दै आएकी पूजा पछिल्लो समय युद्ध बानियाँसँग प्रेम सम्बन्धमा रहेकोले विषयले चर्चामा देखिन्छन् ।
आकाश श्रेष्ठसँगको प्रेम टुटेपछि उनी युद्धको प्रेममा परेको भन्दै फिल्मी क्षेत्रमा चर्चा हुन थालेको छ । यस विषयमा पूजा र युद्धले केही बताएका छैनन् । तर, यी दुईको प्रेम सम्बन्ध रहेको अड्कलबाजी फिल्मी क्षेत्रमा चर्चाको विषय बनेको छ ।
यही बीचमा शनिबार युद्धले आफ्नो जन्मदिन मनाए । युद्धलाई जन्मदिनको शुभकामना दिने क्रममा पूजाले सामाजिक सञ्जालमा एक भिडियो राख्दै लेखिन्, ‘जन्मदिनको शुभकामना साथी ।’
यसपछि शनिबार बेलुका जन्मदिनलाई उत्सवमय बनाउन एक क्लबमा गरिएको सेलिब्रेसनका भिडियो पनि सामाजिक सञ्जालमा देखिए । जस कारण उनीहरूबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजीलाई बल पुर्याएको देखिन्छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया