पहिले दलका महाधिवेशन, त्यसपछि सबै बसे आइसोलेसन

काठमाडौँ– सत्तारुढ दलहरूको महाधिवेशनका कारण सिंहदरबारमा मन्त्रीहरूको उपस्थिति त्यसै पनि पातलो थियो । गएको बिहीबार र शुक्रबार सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो ।
शनिबार बिहानै सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड–१९ संक्रमण भएको उनको सचिवालयले सार्वजनिक ग¥यो । दाहाल बिहीबार र शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी थिए । त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए ।
शुक्रबारको बैठकले संसदको जारी गतिरोध फुकाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न प्रधानमन्त्रीलाई जिम्मा दिएको थियो । संसदको गतिरोध फुकाउन प्रधानमन्त्रीले आफ्ना दूतका रूपमा पहिले सरकारका प्रवक्ता कार्की र पछि उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ओली निवास पठाएका थिए । त्यसबाट पनि ओली आश्वस्त नभएपछि देउवा आफैं शनिबार ओली निवास पुगेका थिए ।
दाहाललाई कोभिड–१९ संक्रमण भएको थाहा पाएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्रीलाई भेटेका अन्य मन्त्रीहरूले पनि सतर्कता अपनाएका छन् । उनीहरू मन्त्रालयको नियमित काममा उपस्थित छैनन् ।
सत्तारुढ दलहरूको महाधिवेशनदेखि नै मन्त्रीहरू मन्त्रालय नआउँदा कतिपय निर्णयहरू प्रभावित भएका थिए । मन्त्रिपरिषद्मा लैजानुपर्ने प्रस्तावहरू समेत रोकिएको एक सचिवले बताए । देउवा र दाहालको भेटघाट नियमित जस्तै छ । गएको साता बुधबार प्रधानमन्त्री देउवाले सबै मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर सरकारको कामकारबाहीबारे ‘ब्रिफिङ’ लिएका थिए ।
जसका कारण अहिले सिंहदरबारमा ‘हाइप्रोफाइल’हरू आतंकित छन् । उनीहरूसँग भेटघाट गरेका कर्मचारीहरूलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया