पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानीलाई नियमन गर्ने आदेश

काठमाडौं : पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानीलाई नियमन गर्न सरकारले सुरक्षा तथा नियमन आदेश जारी गरेको छ । अतिसंवेदनशील मानिने प्रज्वलनशील पेट्रोलियम पदार्थ ढुवानी गर्ने पाइपलाइनको सुरक्षाको लागि आदेश जारी गरेको हो ।
राजमार्ग वा अन्य सडकको क्षेत्राधिकारभित्र बिछ्याइएको पाइपलाइनको छेउछाउ निर्माण कार्य गर्न प्रतिबन्ध लगाएको छ । पाइपलाइनको मध्य भागदेखि दायाँ र बायाँ दुवैतर्फ तीन-तीन मिटरको क्षेत्रमा कुनै संरचना बनाउन नपाइने उल्लेख छ । त्यसबाहेकको हकमा पाइपलाइनको मध्य भागदेखि दायाँ र बायाँतर्फ १०-१० मिटर क्षेत्रमा खन्ने, संरचना बनाउन नपाइने भनिएको छ ।
तर यो क्षेत्रभित्रको निजी वा अन्य कुनै निकायले संरचना बनाउनुपरेमा सरकारबाट स्वीकृति लिनुपर्ने हुन्छ ।
पाइपलाइनको सुरक्षाको लागि सरकारले नै निर्णय गरी सुरक्षा निकायलाई जिम्मा दिनेछ । पाइपलाइनको सुरक्षाको लागि हातहतियार बाहेकको यन्त्र तथा उपकरणको खर्च आयल निगमले व्यहोर्नेछ ।
सार्वजनिक सुरक्षामा जोखिम पर्ने देखिएमा पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकलाई जानकारी गराई बन्द गर्न सक्ने व्यवस्था छ ।

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

प्रतिक्रिया