मिस्टर नेपालको प्रेममा सुष्मा कार्की

काठमाडौँ- ‘उध्रेको चोली’मा नृत्य गरेर चर्चामा आएकी सुष्मा कार्कीले फिल्म नखेलेको लामै समय भयो । तर पनि विवादित अन्तर्वार्ताले उनलाई बिरानो बनाउन दिँदैनन् । केही समयअघि अभिनेत्री श्वेता खड्कासँग लन्डन पबमा कुटाकुट परेपछि हराएकी सुष्मा अचानक चर्चामा आएकी थिइन् ।
प्रेम सम्बन्ध र ब्रेकअपका खबरले पनि समाचार छाइरहने सुष्माले हालै आफ्नो नयाँ प्रेमी सार्वजनिक गरेकी छिन् । उनले शुक्रबार मात्र इन्स्टामा प्रेमीसँगको फोटो राख्दै आफू प्रेममा रहेको जनाऊ दिएकी हुन् । उनका नयाँ प्रेमी अक्षयजंग रायमाझी हुन् । अक्षय सन् २०१७ को मिस्टर नेपालका विजेता हुन् । पढाइमा बिबिए सकाएका अक्षयले मध्य बानेश्वरमा जिमघर चलाउँछन् । सुष्माको पोस्टमा अक्षयले लभ रियाक्ट गरेका छन् ।
अक्षयसँग जोडिनुअघि सुष्माको नाम निर्देशक सुदर्शन थापासँग जोडिने गरेको थियो । सुदर्शनसँग छुटेपछि सुष्मा केही समय गायक नरेन शाहीको प्रेममा थिइन् । नरेनसँग छुटेपछि एउटा फिल्म निर्मातासँगको अफेयरमा रहेकी उनले अन्ततः उनलाई पनि छाडेर अक्षयलाई रोजेकी हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया