भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने, निवेदन बुझाउन ३५ दिनको समय

काठमाडौं - राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो ।
विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ ।
आफूले आबाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिए पश्चात गराउन पनि भनिएको छ । आयोगले यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँच/चेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया