लोगो दुरुपयोग भएको युएसएडको स्पष्टोक्ति
काठमाडौँ– शनिबार ‘मानवमैत्री चक्रपथ : नागरिक सरोकार कार्यक्रम’ले चक्रपथका विभिन्न ठाउँमा गरेको प्रदर्शन र र्यालीमा अमेरिकी सहयोग नियोग (युएसएड)को लोगो दुरुपयोग भएको युएसएडले जनाएको छ ।
ह्वीलचेयर प्रयोगकर्ताहरूले चक्रपथमा यात्रा गर्नु जोखिमपूर्ण रहेको र यसलाई मानव मैत्री बनाउनुपर्ने भन्दै फेज नेपाल र इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर, ललितपुरको आयोजनामा प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनका क्रममा सहभागीले बोकेको ब्यानरमा फेज नेपाल र इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टरसहित युएसएडको लोगो पनि राखिएको थियो । चीन सरकारको सहयोगमा बनेको चक्रपथमा अमेरिकी सहयोगमा प्रदर्शन हुने अनि अमेरिकी सरकारको एमसीसी अन्तर्गतको अनुदान सहयोग विरुद्ध चीनको सहयोगमा विरोध भएको भन्दै सार्वजनिक आलोचना भइरहेको छ ।
यसैबीचमा अमेरिकी सहयोग नियोगले आफूले आन्दोलन र प्रदर्शनका लागि कुनै सहयोग नगरेको र आफ्नो लोगो दुरुपयोग भएको स्पष्ट पारेको छ । युएसएडले विकलांगहरूलाई सशक्तीकरण गर्न र सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्नका लागि फेज नेपालसँग काम गरिरहेको र उसले विकलांग समावेशीताको क्षेत्रमा गरेको कामको सह्राना गर्दै फेज नेपाललाई कुनै प्रदर्शन र र्यालीका लागि सहयोग नगरेको स्पष्ट पारेको छ ।
‘युएसएडको लोगो अनुचित ढंगले प्रयोग गरिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ र यो घटनालाई अध्ययन गरिरहेका छौं,’ युएसएड नेपालले भनेको छ ।
ह्वीलचेयर प्रयोगकर्ताले चक्रपथलाई मानव मैत्री बनाउन सकिने प्रशस्त गुञ्जायास रहेको भन्दै त्यसतर्फ अग्रसरता लिन सरकारलाई आग्रह गरेका छन् ।
USAID/Nepal did not in any way initiate the organization of a civil protest in Kathmandu today. We are aware that USAID's logo was inappropriately used in the banners for this event and we are looking into the matter closely.[2/2]
— USAID/Nepal (@USAIDNepal) January 8, 2022

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया