ट्रान्सपरेन्सीको अध्यक्षमा प्रधानाङ्ग निर्वाचित

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आज सम्पन्न २५ औँ वार्षिक साधारणसभाले पूर्वमहासचिव प्रधानाङ्गलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
कार्यसमिति सदस्यमा मुकुन्द बहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ पुनः निर्वाचित भएका छन् । नयाँ समिति सदस्यको रुपमा डा. सागरराज शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय व्यावसायिक पहल निर्वाचित भएका छन् । सभाले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।
सभाद्वारा पारित संस्थाको वार्षिक प्रतिवेदनमा नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचारविरुद्धको शून्य संवेदनशिलता नारामा मात्र सीमित रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हुन नसकेको धेरैले अनुभव गरेको उल्लेख गरिएको छ । सभाले संस्थाको सक्रियता र प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिएको छ ।

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न…

गगन थापा बिरूद्द अदालतमा अबहेलनाको मुद्दा दायर

प्रतिक्रिया