नारायणी नदीमा भेटियो डल्फिन

चितवन - नारायणी नदीमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्षअगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् ।
शुक्रबार नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने समूहले भेलौजी भन्ने स्थानमा डल्फिन फेला पारेको हो । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ ।
जलपक्षी गणना गरिरहेका टेक महतोले डल्फिनको फोटो खिच्न भ्याएका हुन् । ‘त्रिवेणीभन्दा केहीमाथि जलपक्षी गणना गर्दै गर्दा पानीमा डल्फिन खेल्दै गरेको देखियो । मसँग क्यामरा थियो । क्यामरामा कैद गरिहालेँ’, उनी भन्छन्, ‘डल्फिन देख्न सजिलो छैन । यसअघि तीन वर्ष अघि देखेको थिएँ ।’
२०७५ सालमा नारायणी नदीमा दुई वटा डल्फिन फेला परेका थिए । घडियाल गोहीको वासस्थान अनुगमन गर्ने क्रममा फेला परेका गोहीको फोटो खिच्न भने सकिएको थिएन । त्यसपछिका वर्षहरू नदीमा डल्फिन देखिएको थिएन ।
डल्फिन स्तनधारी जलचर जीव हो । नेपालको नारायणीलगायत विभिन्न नदीहरूमा डल्फिन फेला परे पनि यसको संरक्षणमा सरकारले खासै चासो देखाएको छैन ।
‘जलपक्षी गणना गर्दा धेरै वर्ष पहिला डल्फिन भेटिएको थियो । त्यसपछि अहिले पनि भेटियो’, जलपक्षी गणक डिबी चौधरीले भने, ‘यसपालि भेटेर फोटो खिच्न पनि साथीहरू सफल हुनुभयो ।’ चौधरीले पनि तीन वर्षअघि नारायणीमा डल्फिन देखिएको बताए ।
नारायणीमा केही वर्ष अगाडि दुई वटा डल्फिन भेटिएको रेकर्ड भए पनि त्यसको खोज तथा अनुसन्धान गर्ने काम भने नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘नारायणी नदीमा दुई वटा डल्फिन देखिएको भनिएको छ । दुई वटा छ भनेर रेकर्ड राखिएको छ, तर त्यसको रिसर्च चाहिँ भएको छैन’, उनले भने ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_bsHVOqRRnI_n6xegkogtx2wdbmmc8jethyg8exid1cgpgdrrboptss1yv9zfc4ze15hprgo_mSTxVGeqDv_y8gpqmkdh8vjgulqnbhqchqj03mhmipvaw5wluibfxbxuruoa5ae6zadcgdt_WcqOVs0CWk_zvirmzovkzdbwhr57y5pnxgeptko7fi7zhiqvixwlstacrkvuxn1wztuwetn.jpg)
कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

प्रतिक्रिया