लियोनार्दोको नाममा रुखको प्रजातिको नामाकरण

लसएन्जल्स -वातावरणको मुद्दालाई चोटिलो गरी प्रस्तुत गरेको भन्दै भर्खरै रिलिज भएको फिल्म ‘डन्ट लुक अप’बाट तारिफ खाइरहेका लियोनार्दो डिकाप्रियोलाई वैज्ञानिकले उनको यो योगदानको थप अनुमोदन गरेका छन् । वैज्ञानिकले क्यामरुनको जंगलमा भेटिएको रुखको प्रजातिलाई ‘युभारियोप्सिस डिकाप्रियो’ नाम दिएका छन् जुन लियोनार्दो डिकाप्रियोको नामबाट राखिएको हो ।
बीबीसीले लेखेको समाचारमा वैज्ञानिकले वातावरण संरक्षणमा लियोनार्दोले गरेका योगदानका आधारमा यो सम्मान दिइएको बताएका छन् । लियोले क्यामरुनमा भइरहेको वन फँडानीको बारेमा मिडियामार्फत आवाज उठाएका थिए ।
क्यामरुन सरकारले वन फँडानी गर्न छुट दिएपछि काठ तस्करी बढेको भन्दै लियोनार्दोले आवाज उठाएका थिए । सन् २०२२ मा लियो पहिलो व्यक्ति बनेका छन् जसको नाममा रुखको प्रजातिको नाम राखिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया