शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

पूजा सिंह डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् ।

बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निर्णय भएको हो ।  बढुवा समितिको बैठक शुक्रबार बसेको थियो ।

सिंहको हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको थियो ।