घरको पर्खालले किचेर मजदुरको मृत्यु

विराटनगर - मोरङको बेलबारी नगरपालिका-१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।
ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका-१ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया