लागुऔषधसहित दुई पक्राउ

सप्तरी - सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
उनीहरूका साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
पक्राउ परेका आरोपित लागु औषधसहित भारतबाट नेपालतर्फ साइकलमा आइरहेका बेला पक्राउ परेका हुन् । बनैनिया बरदाही जाने भित्रि सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले जाँच गर्दा साइकल चालक यादवले बोकेको कालो रङको झोलाभित्र अवैध लागु औषध फेलापरेको प्रहरीले जनाएको छ । प्रहरीले साइकल पछाडि सवार महतोसमेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ दुवै जनालाई लागु औषध शीर्षकमा उजुरी दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ काफ्लेले बताए ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया