‘शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्दा विद्यार्थी आन्दोलित हुने अवस्था आयो’

काठमाडौँ - चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले विशेष ध्यान पुर्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नको कारण आजको समस्याहरु देखा परेको बताए । सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको उनले बताए । चिकित्सा शिक्षा ऐन अनुसार कलेजहरु चले नचलेको सम्बन्धमा सम्बन्धित विश्वविद्यालयले अनुगमन गर्नुपर्ने पनि उनले बताए ।
उनले भने, ‘जुन समस्याहरु छन्, चिकित्सा शिक्षा आयोगले त ऐन बनाउने भयो । उसले विशेष गरेर त्यसलाई व्यवस्थित बनाउने, इन्ट्रान्स लिने, विद्यार्थीहरुलाई भर्ना गराउने, नीतिगत कुराहरु चिकित्सा आयोगले गर्ने भयो । त्यसलाई इप्लिमेन्टेशन गर्ने कुरा विश्वविद्यालयको हो । जसले आफ्नो आंगिक कलेजहरु, सम्वन्धन प्राप्त कलेजहरुलाई पनि रेगुलेशन गर्दै जानुपर्छ । उसले नै गर्ने हो । केही निजी कलेजहरुले त्यसलाई अटेरी गरेको पनि देखियो । ऐनलाई मिचेर जान कति सम्भव छ त ? सरकार नै मोनिटरमा गएको देखियो । यो टुंगोमा पक्कै पुग्छ भन्ने लाग्छ ।’
काठमाडौं विश्वविद्यालयका प्रशासकीय अधिकृत दिपक दाहालले चिकित्सा शिक्षा ऐन व्यवहारिक हुन नसकेको बताए । चिकित्सा शिक्षा ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने उनले बताए । ऐनले सबै कुरालाई केन्दीकृत गरेको भन्दै उहाँले यसो गर्दा समस्या उत्पन्न हुने उल्लेख गरे ।
उनले भने, – ‘चिकित्सा शिक्षा ऐन मार्फत् आयोगले यी काम सुरु गरिसकेपछि त्यसमा व्यवहारिक हुनका लागि धेरै कठिनाइहरु भए । चिकित्सा शिक्षा ऐनमा के–के समस्या रहेछन् ? के–के समाधान गर्नुपर्ने रहेछ ? भन्ने चिकित्सा शिक्षा ऐनमा आवश्यक संशोधनको प्रक्रिया हुन्छ होला । नीतिगत रुपमा गर्नेहरु पनि सजग हुनुभएको छ जस्तो लाग्छ । चिकित्सा शिक्षा ऐनले सबै कुरालाई केन्द्रीकृत गरेको छ । समस्या आउन सक्छन् । ऐनमा भएका कति कुराहरुलाई व्यवहारिक बनाउनुपर्छ ।’
अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले राज्यले चिकित्सा शिक्षामा स्पष्ट नीति र योजना बनाई स्रोत र लगानी बढाउनुपर्ने बताए । उनले निजी मेडिकल कलेजहरु राष्ट्रियकरण गरी राज्यले सञ्चालन गर्नुपर्ने धारणा राखे । गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।
अध्यक्ष शाहीले सरकार, विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुमा प्रभावकारी अनुगमन गरी दोषी उपर कारबाही गर्नुपर्ने बताए । विश्वविद्यालयहरुले जथाभावि सम्बन्धन दिने प्रक्रिया रोक्नु पर्ने उनको भनाई छ ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया