कर्णालीका सात जिल्लामा एमाले अधिवेशन सुरु

सुर्खेत - नेकपा एमालेको आठौं अधिवेशन अन्तर्गत कर्णालीका विभिन्न जिल्लाहरुमा अधिवेशन सुरु भएको छ । प्रदेशका १० जिल्लामध्ये सातवटामा आजदेखि अधिवेशन सुरु भएको छ । सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाको अधिवेशन सुरु गरिएको छ । मुगु, हुम्ला र कालिकोटमा भने अधिवेशन स्थगित भएको छ ।
एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले प्रदेशका सबै जिल्लामा नयाँ नेतृत्व सर्वसम्मतिबाट छनौट गर्ने बताए । ‘सकभर नयाँ नेतृत्व सर्वसम्मत रुपमा छनौट गरौ भन्ने हो’ शाहले भने, ‘सर्वसम्मत नभए प्रजातान्त्रिक प्रक्रियामा अनुसार चुनावमा जानुपर्ने हुन्छ ।’ त्यसका लागि जिल्लातहका नेताहरु छलफलमा जुटेका छन् । साथै, हुम्लाको अधिवेशन एक महिनाको लागि स्थगित भएको छ ।
उक्त जिल्लामा आउँदो माघको २३ गते अधिवेशन हुनेछ । यस्तै, मुगु जिल्लामा यहीँ पुस २७ गते सम्मको लागि स्थगित भएको छ भने कालिकोटमा पुस २४ गते शनिबार अधिवेशन हुने एमालेले कर्णाली प्रदेशले जनाएको छ । बिहीबारबाट भएको मौसम बदलीको कारणले चिसो बढेको हुँदा तीन जिल्लामा अधिवेशन स्थगित गरिएको बताइएको छ । एमाले नेता एंव प्रदेशसभा सांसद सुशिल थापाले सकेसम्म सर्वसम्मतिअनुसार अधिवेशनमा जाने बताए । ‘धेरैजसो ठाउँमा सर्वसम्मत हुन गाह्रो छ’ उनले भने, ‘त्यहाँ चुनावको विकल्प छैन ।’

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया