हल खोल्न सरकारलाई सिफारिश

काठमाडौं : गत वर्षको चैत ११ गतेदेखि बन्द रहेको सिनेमा हल औपचारिक रुपमा खुल्ने भएका छन् । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि बनेको सीसीएमसी (कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ) ले आइतबार बसेको बैठकले बन्द रहेको स्कुल, कलेज, क्लब, जिमखानासँगै सिनेमा हल खोल्न सरकार समक्ष सिफारिश गर्ने निर्णयसँगै १० महिनादेखि बन्द रहेका हल खुल्ने भएका हुन् । कोभिड १९ का सम्बन्धमा सरकारले सीसीएमसीको निर्देशन अनुसार काम गर्दै आइरहेको छ ।
सीसीएमसीले गरेको सिफारिशलाई मन्त्री परिषद्ले पास गरेपछि कार्यान्वयनमा आउने अभ्यास रहँदै आएको छ । एक दुई दिनमै मन्त्री परिषद्को बैठक बसेर यसलाई औपचारिकता दिने छ । यसअघि सरकारले हल खोल्ने अनुमति नदिँदा हल व्यवसायीले गत पुस १० गतेबाट आफूखुशी हल खोल्ने निर्णय गरेका थिए । खुलेका हलमा दर्शकको चा पभने देखिएको छैन ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया