देशमा धान उत्पादन घट्यो, तर धनुषामा भने बढ्यो

जनकपुरधाम- मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएकोे छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ । जुन गत वर्ष भन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो ।
गत आव ०७७/०७८मा ५९ हजार हेक्टरमा १ लाख ७७ हजार ३ सय ३० टन धान उत्पादन भएको थियो ।
धनुषामा यस वर्ष ७५ प्रतिशत सोना मंसुली र बाँकी २५ प्रतिशतमा बासमती तथा स्वर्णसब-१ ,कतरनीसहितका धान उत्पादन भएको केन्द्रका वागबानी अधिकृत प्रदीपकुमार यादवले बताए ।
केन्द्रीय तथ्यांक अनुसार गत आवमा धनुषामा प्रतिहेक्टर ४ टन धान उत्पादन भएको थियो भने यस वर्ष प्रतिहेक्टर ४ भन्दा कम उत्पादन भए पनि बढी जमिनमा धान खेती भएकाले समग्र उत्पादन बढेकाे हाे ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया