शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

प्रदेश १ र २ मा बिहानै पानी पर्‍यो, दिउँसो सातै प्रदेशमा पर्ने सम्भावना

फाइल तस्बिर

काठमाडौँ- देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति प्रदेश १, २, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। 

शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।