महाविर पुनको आविष्कार केन्द्रलाई इजरायल सरकारको सहयोग

काठमाडौँ - इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई ल्याब हस्तान्तरण गरेका हुन् ।
ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरू सँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ ।
‘हाइटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सिप आदान प्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महाविर पुनले बताए । सो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने पुनको भनाइ छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसको जीवन पद्दतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधि भएका परिवर्तनहरूको अध्ययन आवश्यक रहेको बताए । इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।
सो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया