ऋचा शर्मा निर्मित 'कौसीद'को फर्स्टलुक टिजर , पिंजडामा भोला

काठमाडौँ - अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ुकौसीदुको फर्स्टलुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको लागि तयार भइसकेको बताए ।
सार्वजनिक फर्स्टलुकमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।
यो फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ छन् ।
निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको पटकथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डी गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो । फिल्म क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको संभावित प्रभावलाई मध्यनजर गरेर छिट्टै नै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेर प्रचार प्रसारको थालनी गर्ने टिमले बताएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया