‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धीलाई लिएर ‘कमेडी क्लब’

काठमाडौँ - ‘कमेडी च्याम्पियन’को पहिलो र दोस्रो सिजनका प्रतिस्पर्धीलाई लिएर ‘कमेडी क्लब विथ च्याम्पियन्स’ शीर्षकको कार्यक्रम प्रसारण हुने भएको छ । बुधबार निर्माण कम्पनी थ्रि प्रडक्सन र कि इन्टरटेनमेन्टले औपचारिक कार्यक्रम गर्दै दुवै सिजनका ६ प्रतिस्पर्धीका साथ कार्यक्रम प्रसारण हुने जानकारी गराए । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।
हरेक सोमबार बेलुकी ८ बजेर ५० मिनेटमा नेपाल टेलभिजनमा प्रसारण हुने यो कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, सुमन कार्की र कैलाश कार्की सहभागी रहनेछन् । उमेश राई भने मुन्द्रेको कमेडी क्लबका सदस्य रहेका थिए ।
यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’को ठाउँमा प्रसारण हुन लागेको हो । कि र जितु नेपालबीच असमझदारी बढेपछि जितुले यो कार्यक्रम बन्द गर्ने निर्णय गरेका थिए । त्यसयता टेलिभिजनमा त्यो स्लट खाली थियो । सोलाई कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले निर्देशन गर्नेछन् । उनले कार्यक्रम नयाँ स्वादको रहने जानकारी गराए । कार्यक्रम माघको दोस्रो साताबाट प्रसारण हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया