एकता दिवस मनाउन विश्व हिन्दु युवा संघकाे माग

पोखरा- पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रमसहित मनाउन माग गरिएको छ ।
विश्व हिन्दु युवा संघ स्याङ्जाले दिवस मनाउन सरकारसँग माग गरेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै पृथ्वी जयन्तीलाई एकता दिवसका रूपमा मनाउन संघका अध्यक्ष नवराज पौडेलले आग्रह गरे ।
संघका पदाधिकारीहरू वालिङ इलाका प्रशासन कार्यालयमा पुगेर आग्रह पत्र बुझाएका छन् । उनीहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका छन् भने विशेष कार्यक्रम आयोजना गर्न भनेका छन् ।
गोरखा नगरपालिकाले भने सार्वजनिक बिदा घोषणा गरिसकेको छ । हिन्दु धर्म र राजसंस्थासँग आस्था राख्ने विभिन्न संघसंस्थाहरूले पनि सरकारलाई दबाब दिइरहेका छन् ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया