'कठपुतली' हेर्दा 'आइफोन १२' उपहार

काठमाडौँ- गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ले बक्सअफिसमा उत्साहपूर्ण व्यापार गरिरहेको छ । 'वर्ड अफ माउथ' बलियो रहेको फिल्मले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शक फर्काउन नसकेकोमा चिन्तित बनेका फिल्मकर्मीहरुलाई पनि ‘कठपुतली’को व्यापारले आश जगाएको छ ।
यसैबीच, पहिलो सप्तान्नसम्मको व्यापारको उत्साहबाट निर्माण टीमले दर्शकलाई आकर्षक उपहार योजना अगाडि सारेको छ । फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिने बताईएको छ ।
यो योजनामा सहभागि हुन दर्शकले केहि नियम पालना गर्नुपर्ने हुन्छ । एउटा टिकट एकजनाको लागि मात्र मान्य हुनेछ र टिकट नम्बरको आधारमा मान्यता जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात 'पब्लिक पोष्ट' कुनैपनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा 'क्याप्सन'मा #KATHAPUTALI #WINIPHONE लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना फिल्म टिमले प्राप्त गर्नेछ । 'लक्की ड्र' मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरी उपहार दिइने बताइएको छ ।
भिमसेन लामा निर्देशित यस फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका फिल्मका निर्माता पृथ्वी रानामगर हुन भने सह-निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा निर्माण भएको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया