आगलागीमा तीन घर र ६ पसल जले, छिमेकीको शरणमा बास

पाँचथर - पाँचथरको फालेलुङ गाउँपालिका-६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन वटा घर र ६ वटा पसल जलेर नष्ट भएका छन् । बुधबार साँझबाट लागेकाे आगाे मध्यराति मात्र नियन्त्रणमा आएकाे थियाे । आगालागीबाट कम्तिमा १ करोड ९० लाख बराबरको क्षति भएको आँकलन गरिएकाे छ ।
बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बुको घरमा विद्युत सर्ट भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा मेयोङ्बाको २ तले घर, दूग्ध डेरी, किराना पसल र नगद ७ लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा ५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
छिमेकी रामजीत राई र मनबहादुर राईको घरमा समेत आगाे सल्केको थियो । आगलागीमा रामजीत राईको दुई तले घर र घरमा रहेका करीब ३५ लाखका सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करीब पाँच लाखको क्षति भएको छ ।
मनबहादुर राईको दुई तले घर, उक्त घरमा स्थानीयवासी मेहेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमइई मनि ट्रान्सफर शाखा कार्यालय, मेहेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन् । सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैंची गोदाम तथा रञ्जना राईको टेलर्स जल्दा हुँदा ९३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नांगीन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नं. हेडक्वाटर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउँदको कमाण्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो ।
फिदिमबाट गएका दुई वटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । आगलागीमा घर गुमाएकाहरु छिमेकीको शरणमा बसेका छन् ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया