‘गण्डकी प्रदेशलाई खेलकुदको हब बनाउन चाहन्छु’
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले खेलकुदको महत्वलाई बुझेर खेलकुद मन्त्रालय नै बनाएर यस क्षेत्रको विकासलाई अघि बढाइरहेको बताएका छन् ।
लमजुङ बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा २९ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा उनले प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन चाहेको बताए ।
प्रदेश सरकारले खेललाई अगाडि बढाउने सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको एउटा फुटबल रिसर्च सेन्टर बनाउनका लागि जग्गा लिएको र पोखरामा स्थापना गर्नका लागि फिफाबाट लगभग रु २० करोड विनियोजित भएर ठेक्कामा जान लागेको उनले जानकारी दिए ।
आयोजक क्लबका अध्यक्ष विनोद गुरुङले बर्सेनि यसरी नै फुटबल प्रतियोगिता सञ्चालन गर्दै जिल्लामा लुकेर रहेका दक्ष खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै राष्ट्रियस्तरका खेलाडी बनाउने कार्य गर्दै आएको बताए ।
खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आए पनि गुणस्तरीय खेलकुद मैदान बनाउन आर्थिक समस्या भएकाले यसमा तीनवटै सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । रासस

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया