विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैँ - राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताइन् ।
उनले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनिकरण गर्न समाजिक संघसंस्थाहरुको ठूलो भूमिका रहेकाले सामाजिक संस्थाहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्नेमा जाेड दिइन् । राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वाङ्गिण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताइन् ।
उनका अुनसार कतिपय सरकारी विद्यालयहरुमा पूर्वाधारहरु कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरुको वृत्ति र तालिमको समस्या रहेकोले त्यसलाई समाधान गर्दै लैजानु पर्नेछ ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘युवा युवतीहरुको बीचमा अपहरण, बलात्कार, हत्या जस्ता विकृतिहरु हटाउनको लागि हाम्रो भोलेन्टियर संस्थाहरुको ठूलो भुमिका हुन्छ । हामी सबैले ध्यान लगाउनुपर्ने क्षेत्र भनेको विद्यालय क्षेत्र हो । यो देशमा पैदा भएको नानीबाबु, बच्चा, छोरा, छोरी सकुशल अगाडि बढोस्, उसको स्वास्थ्य राम्रो होस्, उसलाई कुनै आँच नआओस् र उसको सर्वाङ्गिण विकासको क्षमता पाओस् भन्नको लागि विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्छ । अहिले हाम्रो ध्यान पनि त्यतातिर छ र विद्यालय शिक्षालाई कसरी बढी भन्दा बढी समर्थनवान बनाउने भन्ने कुरा सोच्नुपर्छ । अहिले ३५/३६ हजार विद्यालय छन्, कति त मर्ज गर्नुपर्ने होला, कति त त्यसको पूर्वाग्रहहरु कमजोर छन् । कति त गुणस्तरको समस्या छ, शिक्षकहरुको अभाव छ । शिक्षकहरुको वृत्तिको सवालहरु छ । तालिमको कुरा छ । यी थुप्रै कुराहरुलाई समाधान गर्नुपर्छ । स्काउटलाई घर घरमा पुर्याउन नेपालमा गणतन्त्र छ भन्ने थाहा हुनुपर्यो नी । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, राष्ट्रपति छ भन्ने कुरा थाहा हुनपर्छ। शैक्षिक सुधार कार्यक्रममा पनि राष्ट्रपति शैक्षिक सुधार भन्ने हिसावले कार्यक्रमहरु त्यसलाई सहकार्य गर्न सक्नुहुनेछ । पहिलो हाम्रो पाठशाला घर होला तर घरपछिको पहिलो पाठशाला त विद्यालय नै हो । त्यहाँ हामीले सुशिक्षा दिनुपर्छ । यति भयो भने अनुशासनहीन भएर आएका विकृतिहरुलाई समाधान गर्न सकिन्छ ।’
महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषरह नै अधिकार दिनुपर्ने बताइन् । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताइन् ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया