बैतडीमा खसी चोरको बिगबिगी

बैतडी- बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयाे । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएकाे अज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए । उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’
दुई वटा खसीकाे मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । यसअघि पनि गाउँमा पटक-पटक खसी चाेरी भएकाे उनले बताए । उनले भने, ‘यसरी पटक-पटक गाउँबाट खसी चाेरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । चाेरी राेक्न प्रहरी प्रशासन चनाखो हुनु पर्याे । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्याे ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ ।
गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गाेठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी काटेर लगेकाे अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए । पछि गाेठमा आधा मात्रै खसी भेटिएको उनले बताए ।
यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेकाे स्थानीय देवराम लोहारले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया