खोटाङका २० हजार बालबालिकालाई मोडर्ना खोप दिइँदै

खोटाङ - खोटाङका पाँच स्थानीय तहका बालबालिकालाई कोभिड–१९ विरुद्ध मोडर्ना खोप दिइएको छ ।
बराहपोखरी गाउँपालिकामा १७–१९ पसुसम्म, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८–२० पुससम्म, खोटेहाङ गाउँपालिकामा १८–२० पुससम्म, हलेसी तुवाचुङ नगरपालिकामा १८–२० पुससम्म र रावाबेँसी गाउँपालिकामा १८–२० पुससम्ममा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।
१० स्थानीय तह रहेको जिल्लामा २० हजार बालबालिकालाई मोडर्ना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
साकेला गाउँपालिकामा १९–२१ पुससम्म, ऐंसेलुखर्क गाउँपालिकामा १९–२१ पुससम्म, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१–२३ पुससम्म, केपिलासगढी गाउँपालिकामा २०–२३ पुससम्म र जन्तेढुंगा गाउँपालिकामा २०–२३ पुससम्म मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । खोप लगाउनेमा अधिकांश छात्र÷छात्रा छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया